रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले अब राइड सेयरिङ सेवा दिन नपाउने

Share this post :

Facebook
Twitter
WhatsApp

रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले अब राइड सेयरिङ सेवा दिन नपाउने भएका छन् ।

सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा दुईपाङ्ग्रे सवारी साधनलाई समेत भाडाका सवारीका रूपमा दर्ता गर्ने व्यवस्था गरेसँगै यस्तो प्रावधान लागू हुने भएको हो ।

यातायात ऐन २०४९ अनुसार भाडाका सवारी साधनका रूपमा दर्ता हुने सवारीलाई कालो नम्बर प्लेट दिइने व्यवस्था छ । त्यसैले अब राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारी कालो नम्बर प्लेटमा दर्ता हुनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार राइड सेयरिङका लागि दर्ता हुने दुईपाङ्ग्रे सवारीले वार्षिक आयकर पनि तिर्नुपर्नेछ । हाल यस्तो कर ३ हजार रुपैयाँ तोकिएको छ ।

हालसम्म रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरमार्फत राइड सेयरिङ सेवा सञ्चालन हुँदै आएको थियो । सरकारले राइड सेयरिङबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *