चितवनमा जारी रास्वपाको महाधिवेशन बन्दसत्र मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिको नाममा विवाद नटुंगिएपछि बन्दसत्र सरेको हो । बन्दसत्र सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय नेताकै नाम छुटेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्दसत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको छ । तीन दिनलाई तय भएको पहिलो महाधिवेशन आइतबार सुरु भएको थियो । सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका थिए ।