गण्डकीमा पञ्चराम गुरुङलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मिल्ने चर्चा

गण्डकी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य पञ्चराम गुरुङ लाई मन्त्री बनाउने चर्चा तीव्र भएको छ ।

राजनीतिक वृत्तमा भइरहेको छलफलअनुसार राप्रपाको तर्फबाट गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालय को जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ। सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे दलहरूबीच छलफल जारी रहेकाले अन्तिम निर्णय भने हुन बाँकी छ ।

गुरुङ यसअघि पनि गण्डकी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। प्रदेश सरकार सञ्चालनको अनुभव भएका कारण उनलाई पुनः मन्त्रिपरिषद्मा समावेश गर्ने विषयमा चर्चा भइरहेको स्रोतहरूको भनाइ छ ।

यद्यपि, मन्त्रालयको जिम्मेवारी र मन्त्री नियुक्तिसम्बन्धी औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन। सत्ता साझेदार दलहरूबीचको सहमति र मुख्यमन्त्रीको सिफारिसपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *