समाज

७६ वर्षिया बृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय रोशन विक पक्राउ

स्याङ्जामा ७६ वर्षीया महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

युवती बलात्कार गरेकाे आराेपमा दुई युवा पक्राउ

स्याङ्जामा ७६ वर्षीया महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ बस्ने २१ वर्षीय रोशन विक रहेका छन् । जिल्ला प्रहरीका प्रवक्ता रमेशदत्त अवस्थीलका अनुसार साउन २४ गते घरमा एक्लै भएको मौका छोपी जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका विकलाई बुधबार जिल्ला अदालत स्याङ्जामा जवरजस्ती करणीमा मुद्दा दर्ता गरि सात दिनको म्याद थप गरिएको डीएसपी अवस्थीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रोशनलाई एक महिनाअघि अभद्र व्यवहारमा मुद्धा चलाइएको थियो ।

सम्बन्धित समाचार