समाज

धर्मनिरपेक्षताबाट पछि नहट्न देउवालाई प्रचण्डको चेतावनी

पूर्वप्रधानमन्त्री एंव नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षताको व्यवस्थाबाट पछि नहट्न चेतावनी दिएका छन्।

धर्मनिरपेक्षताबाट पछि नहट्न देउवालाई प्रचण्डको चेतावनी

पूर्वप्रधानमन्त्री एंव नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षताको व्यवस्थाबाट पछि नहट्न चेतावनी दिएका छन्।

बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले लामो संघर्षपछि निर्माण गरेको संविधानको मूल मर्मविपरीत जाने प्रयास नगर्न देउवालाई आग्रह गरे।

देउवाले कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा आफू हिन्दू भएको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै प्रचण्डले धर्मलाई राजनीतिक एजेन्डा बनाउने प्रयासले देउवा स्वयं र मुलुक दुवैलाई संकटतर्फ धकेल्न सक्ने बताए।

‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैं सकिनुहुन्छ, देश पनि दुर्घटनामा पर्छ,’ प्रचण्डले भने, ‘आफैंले बनाएको संविधानविपरीत कुनै पनि निर्णय र अभिव्यक्ति नदिनुहोला।’

प्रचण्डले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे। उनले सरकार संविधान, लोकतन्त्र र विद्यमान राजनीतिक व्यवस्थाको मर्मअनुसार अघि नबढेको आरोप लगाए।

सरकार गठनपछि बेथिति र भ्रष्टाचार बढेको दाबी गर्दै उनले सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रतामाथि समेत दबाब सिर्जना भइरहेको बताए। सरकारका गलत कदमविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

उनले आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनमा समेत उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन निर्देशन दिए।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले धर्मनिरपेक्षता, संविधानको संरक्षण र वर्तमान सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ पक्ष तथा विपक्षी दलबीच राजनीतिक टकराव थप चर्किन सक्ने संकेत गरेको छ।

सम्बन्धित समाचार