समाज

विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढाउने सरकारको निर्णय

सरकारले विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा प्रतिव्यक्ति मासिक थप ५ हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको निर्णयसँगै देशभर कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका उनीहरूको सेवा र योगदानलाई ध्यानमा राख्दै पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको सरकारले जनाएको छ ।

पारिश्रमिक वृद्धिपछि विद्यालयका बालविकास सहजकर्ता, कर्मचारी तथा सहयोगीको मासिक आम्दानीमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । सरकारले यस निर्णयलाई विद्यालय शिक्षामा योगदान दिँदै आएका कर्मचारीका लागि महत्वपूर्ण राहतका रूपमा लिएको छ ।

सम्बन्धित समाचार