RHPL को सुरुङभित्र खोजी गर्दा कोही भेटिएन, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी कार्य अघि बढाइएको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको थियो।

तर, सुरुङको अन्तिम भागसम्म पुगेर विस्तृत खोजी गर्दा पनि मानिस फसेको वा मानवीय उपस्थिति रहेको कुनै संकेत फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *