स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भुपराज वोस्तीमाथि केही युवाहरूले कालोमोसो छ्यापेका छन्।
वडाका विभिन्न विषयमा पटक–पटक सहमति जनाए पनि सार्वजनिक सुनुवाइ नगरेको आरोप लगाउँदै युवाहरूको समूहले वडा अध्यक्ष वोस्तीमाथि कालोमोसो छ्यापेको हो।
स्थानीयका अनुसार सार्वजनिक सुनुवाइ गर्ने विषयमा वडा अध्यक्षले पटक–पटक सहमति जनाए पनि त्यसको कार्यान्वयन नभएपछि युवाहरू आक्रोशित भएका थिए। सोही क्रममा उनीहरूले वडा अध्यक्षमाथि कालोमोसो छ्यापेका हुन्।
घटनापछि वडा कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ। यसविषयमा नगरपालिकाले कुनै आधिकारिक धारणा सार्वजनिक गरेकाे छैन् ।