पञ्चमी नुहाउने क्रममा आँधीखोलाले बगाएकी महिला मृत फेला

पञ्चमी नुहाउने क्रममा आँधीखोलामा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान करिब ५ः२० बजे पञ्चमीका अवसरमा आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् ।
घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङले खोजी गर्दा पाण्डे बिहान ६ः४५ बजे वालिङ नगरपालिका–१३ शान्तिघाटस्थित भेटिएकी थिइन् । जिल्ला प्रहरीका प्रवक्ता रमेशदत्त अवस्थीका अनुसार आँधीखोलामा ढुंगामा अड्किएको अवस्थामा फेला पारिएको थियो । प्रहरीका अनुसार पाण्डेको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *