प्रदेश

संघर्ष, योगदान र जिम्मेवारीको विरासत बोकेर महाधिवेशनमा केदार काफ्ले

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट केदार काफ्लेले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।

संघर्ष, योगदान र जिम्मेवारीको विरासत बोकेर महाधिवेशनमा केदार काफ्ले

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट केदार काफ्लेले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । लामो राजनीतिक संघर्ष, संगठनमा निरन्तर सक्रियता र विभिन्न जिम्मेवारी सम्हालेको अनुभवसहित काफ्ले महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन् ।

काफ्लेको राजनीतिक यात्रा २०३६ सालको आन्दोलनबाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै उनी २०४३ सालमा वालिङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव बने । २०४९ सालमा सोही क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हालेका काफ्ले त्यसपछि स्थानीय तथा पार्टी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

२०४५ सालमा वालिङ नगरपालिकाको वडाध्यक्ष बनेका काफ्ले २०७४ सालमा पुनः वडाध्यक्षको जिम्मेवारीमा निर्वाचित भएका थिए। यसबीचमा उनले पार्टी संगठन विस्तार तथा स्थानीय तहमा राजनीतिक र सामाजिक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गरेका छन्  ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा काफ्ले सात पटकसम्म प्रहरी हिरासतमा परेका थिए । राजाको प्रत्यक्ष शासनकालमा नगर निर्वाचन बहिष्कार गरेको अभियोगमा उनले २८ दिन स्याङ्जा जिल्ला कारागारमा समेत बिताएका थिए । जनआन्दोलनका क्रममा उनी घाइतेसमेत भएका थिए ।

नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका काफ्ले हाल नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको भूमिकामा छन् । विभिन्न संघ–संस्थामा आबद्ध रहँदै उनी लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

कांग्रेसको महाधिवेशनलाई पार्टीको नीति, नेतृत्व र संगठन निर्माणका विषयमा महत्वपूर्ण निर्णय गर्ने अवसरका रूपमा हेरिन्छ । यस्तो अवस्थामा लामो समयदेखि पार्टी र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका काफ्ले आफ्नो अनुभव र योगदानलाई पार्टी संगठनमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको भूमिका र पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा सक्रिय भूमिका खेल्ने काफ्लेको भनाइ छ।

सम्बन्धित समाचार