प्रदेश

स्वरसम्राट नारायण गोपालको जन्मजयन्तीको अवसरमा एकल गायन प्रतियोगिता

चन्द्र मा.वि. बिहादी गाउँपालिकाकी छात्रा आकृति प्रथम एकीकृत सेवा कार्यालय पर्वतको आयोजना स्वरसम्राट स्व.

स्वरसम्राट नारायण गोपालको जन्मजयन्तीको अवसरमा एकल गायन प्रतियोगिता

चन्द्र मा.वि. बिहादी गाउँपालिकाकी छात्रा आकृति प्रथम

एकीकृत सेवा कार्यालय पर्वतको आयोजना स्वरसम्राट स्व. नारायण गोपालको जन्मजयन्तीको अवसरमा विद्यार्थीको एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १३ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा चन्द्र माध्यमिक विद्यालय विहादी गाउँपालिकाकी छात्रा आकृति न्यौपाने प्रथम भएकी छन् ।

त्यस्तै काफलचौर मावि कुश्मा नगरपालिकाकी छात्रा स्मृति वि.कले द्धितीय स्थान, शब्दचिन्तन आवासीय मा.वि. पैयूँ गाउँपालिकाकी छात्रा सदिक्षा न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएकी छन् भने सरस्वती मा.वि. मोदी गाउँपालिकाकी छात्रा लिआंशा शर्माले सान्तवना स्थान हासिल गर्न सफल भएकी छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले गीत–संगीत हाम्रो मौलिक पहिचान र संस्कृति संरक्षणको महत्वपूर्ण माध्यम भएको बताउँदै नयाँ पुस्ताले नेपाली लोकभाका, भाषा र सांस्कृतिक परम्पराको संरक्षणसँगै आधुनिक संगीतको ज्ञानलाई पनि आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले स्वरसम्राट स्व. नारायण गोपालको योगदानबाट प्रेरणा लिँदै बालबालिकाले आफ्नो प्रतिभालाई निरन्तर साधना र अभ्यासमार्फत निखार्नुपर्ने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्रीले बालबालिकामा रहेको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले नेपाली गीत–संगीतको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले बालबालिकाको प्रतिभा पहिचान, प्रोत्साहन र विकास गर्ने उद्देश्यले एकल गायन प्रतियोगिता आयोजना गरिएको बताए । उनले नेपाली गीत–संगीत, लोकभाका र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा बालबालिकाको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रथम, द्धितीय,तृतीय र सान्तवना स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई क्रमशं. ७ हजार, ५ हजार, ३ हजार, २ हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने सहभागि सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा लोकगायक तथा सर्जक कृष्ण अखेली, कृष्ण कंडेल र सुदिप क्षेत्रीले मुल्याङ्कनको भूमिका निर्वाह गरेका थिए । नमुना आवासीय माविको सभाहलमा सम्पन्न कार्यक्रममा उक्त विद्यालयकी शिक्षिकाले सम्झना बसेलले नारायण गोपालको “यति धेरै माया दिई” भन्ने गीत गाएर स्वागत गरेका थिए ।
जिल्लाका विभिन्न क्षेत्रका साहित्यकार, गायक, प्रध्यापक, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्राविधिक सहायक घनराज के.सी.ले गरेका थिए ।

सम्बन्धित समाचार