प्रदेश

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्।

युवती बलात्कार गरेकाे आराेपमा दुई युवा पक्राउ

८ वर्षीया नाबालिकालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार परिवर्तित नाम ‘०८३/०८४ भीरकोट R’ माथि जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा अर्जुनचौपारी गाउँपालिका–२, खाल्टे निवासी ३० वर्षीय सुरज भन्ने सुरोज नेपालीलाई असोज १७ गते पक्राउ गरिएको हो।

पक्राउ परेका नेपालीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट असोज १८ गते पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार