नवलपुरको कांग्रेस पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाइने

Share this post :

Facebook
Twitter
WhatsApp

जनताको स्वास्थ्यप्रती गम्भीर बन्न कांग्रेसको आग्रह

नेपाली कांग्रेस नवलपुरले आफ्नो पार्टी कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेका अनुसार शनिवार बसेको पार्टीको वैठकले कोभिडका विरामीलाई मध्येनजर गर्दै आइसोलेसन सेन्टर बनाउन दिने निर्णय गरेको छ । ‘हामीले भवन दिन्छौ’ सभापति लामिछानेले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक अनुसार प्रयोग गर्न सक्छ ।’
कोरोनाको दोस्रो लहरसंगै नवलपुरमा पनि संक्रमितको संख्या थपिदै गएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै सभापति लमिछानेले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई जनताको स्वास्थ्य प्रती गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । कोरोनाको प्रकोपबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै घरभित्रै बस्न पनि जिल्लाबासीमा अपिल गरेका छन । लामिछानेले विज्ञप्तिमार्फत जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो रहेकाले स्वास्थ्य संस्थालाई धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै एकीकृत रुपमा अक्सिजनसहितको आईसोलेसन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छ्न ।
लामिछानेले मध्यविन्दु जिल्ला अस्पताल लगाएत सबै स्थानीय तहको अस्पतालहमा तत्काल पर्याप्त अक्सिजन व्यवस्थापन गर्न प्रदेश तथा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छ्न । कोरोनाको पहिलो लहरमा मुलुककै नमुना आईसोलेसनको रूपमा ख्याती कमाएको प्राकृतिक चिकित्सालयलाई एकीकृत रुपमा जिल्लाकै अक्सिजन सहितको आईसोलेसन सेन्टर बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउदै लामिछानेले थप आईसोलेसन निर्माणका लागि पार्टीको तर्फबाट पनि पहल गर्ने बताए । त्यस्तै निषेधाज्ञाको समयमा विपन्न निमुखा र दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नेहरुका लागि तत्काल आवश्यक राहतको कार्यक्रम ल्याउन समेत विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *