नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो ।
Post Views: 27