प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । विश्वासको प्रस्ताव राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले सरकार जहिलै पनि जनताको पक्षमा रहेको बताउदै संविघानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका जस्ता कुरा राख्दै सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।
त्यस्तै, राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको उनको भनाइ थियो । ‘आज सिंगो देशमा कसैले पनि विखण्डनको राजनीति गर्दैंन । सर्वभौमसत्ता लगयातका विषयमा अब कुनै विवाद छैन’ उनले भने, ‘हिंसाको राजनीति अन्त्य भएको छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको उनको दावी थियो । संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्न सकिने ओलीको भनाइ छ ।ओलीले पूराना अपराधका दोषीलाई कारबाहि गरिएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।

केही योजनामा सफलता मिल्न ढिलाइ हुँदा बढाइचढाइ गरेर सरकारको विरुद्धमा प्रचार गरिएको बताउदै उनले राजनीतिक खिचातानी आफूले गर्न नचाहेको बताए । उनले मेलम्चीको पानी काठमाडौं ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र बसन्तुपरको पुनर्निर्माण गरेको र दैनिक ६ कलिमोटर बाटो पिच गरिएको पनि दावी गरे ।