नयाँ सरकार गठनको बाटो खुलाउन दाहालले मागे प्रधानमन्त्रीको राजीनामा

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै दाहालले नयाँ सरकार गठनको बाटो खोल्नको लागि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका हुन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले उक्त सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नु लोकतान्त्रिक मुल्य, मान्यता र भावना अनुरुप कार्य हुने बताए । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई सन्तुष्टि महसुस नभएको उनको भनाई थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *