उपेन्द्र यादवले भने, विश्वासको मत दिन्नौ, विपक्षमा मतदान गर्छौ

Share this post :

Facebook
Twitter
WhatsApp

‘आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद असंवैधानिक तरिकाले विघटन गरेको बताउदै ओलीका कारण जनता सडकमा आउन बाध्य भएको बताए ।

सर्वोच्चले संसद पुनःस्थापित गराएपनि संसदप्रति विश्वास नभएकाले मत दिन नसकिने उनले बताए । उनले प्रधानमन्त्री ओली संघीयता विरोधी रहेको बताए । ‘प्रधानमन्त्री ओलीले संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नुहुन्छ’ यादवले भने ।यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा ओलीले दिएका अधिव्यक्ति स्मरण गराएका थिए । ओलीले विगतमा मधेसलाई युपी बिहारसँग तुलना गरेको, मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेको स्मरण गर्दै यादवले प्रधानमन्त्रीलाई सोधे, ‘अहिले मधेसीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई-चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाउएर फकाउँहुनुहुन्छ तपाईं ?’ प्रधानमन्त्रीले विगतमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने गरेको तर अहिले त्यस्तो अवस्था नरहेको यादवको भनाइ थियो । ‘आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *