केपी शर्मा ओलीको सरकार ढल्यो, पाएनन् विश्वासको मत

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।  जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावकोफ मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *