यी हुन् ओलीलाई मत दिन संसद नजाने २८ एमाले सांसद

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेकै २८ जना सांसदले विश्वासको मत दिएनन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ भनेर माग गरेको प्रस्तावको पक्षमा ९३ मत खस्यो । विपक्षमा १२३ मत खस्दा तठस्थमा १५ मत खसेको छ ।

एमालेको माधब नेपाल–झलनाथ खनाल समूहले ओलीलाई मत दिएन । एमालले संसदीय दलले आफ्ना सांसदलाई प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप अटेर गर्दै एमालेका २८ सांसद प्रतिनिधि सभाको बैठकमै य.उपस्थित भएनन् । बैठकमा गएकी कलिला खान पनि मतदान नगरी फर्किएकी छिन् । 

माधब पक्षका ७ सांसद राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगरले भने ओलीलाई मत दिएका छन् । यीमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यी हुन् ओलीलाई मत नदिने २८ एमाले सांसद

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *