फकाउदै एमाले
‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे, सर्वोच्च अदालतले पुनःस्र्थापित ग¥र्यो । अव त प्रतिगमन हटेन र ?’ विपक्षी दलसंग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले भने, ‘समय बा“की छ, हस्ताक्षर गरौला नी । आजै किन आत्तिनु ?’ यसो भन्दै उनी एक्कासी बाहिरीए । उनी बाहिरीएपछि हस्ताक्षर संकलन कार्यक्रम सोमबार पनि यत्तिकै रहयो ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरेका विपक्षी दलले राजमोका कारण सोमबार हस्ताक्षर संकलन गर्न नसकिएको बताए । ‘भोलीको दिन पुरै बाँकी छ भनेर हस्ताक्षर गर्नुभएन’ कांग्रेसका एक सांसदले भने, ‘राष्ट्रिय जनमोर्चा पार्टीको स्पष्ट निणर्य छ । उहाँहरुको साथ हामीलाई नै हो । उहाँहरुको वैठक जारी रहेकाले हामी निर्णय कुरेका छौ ।’ राजमोको निर्णय कुर्दै विपक्षीको एकदिन वित्यो । सरकार गठनमा निर्णायक भुमिकामा रहेको राजमोको सोमबार विहान ११ बजे बसेको वैठक बेलुका ५ बजेसम्म चलेको थियो । राजमोका केन्द्रिय महासचिव मनोज भट्टको नेतृत्वमा बसेको वैठकले मंगलबार हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
राजमोका प्रदेश अध्यक्ष शंकर बरालका अनुसार पार्टीको केन्द्रिय निर्णय कुरेका छौ, त्यसपछि हस्ताक्षर गर्छौ । फोन सम्पर्कमा उनले प्रतिपत्रलाई मंगलबार विहानसम्म पार्टीले निर्णय आउने बताए । कृष्ण थापा एमालेको सरकार नढलोस भन्ने चाहान्थे । अविश्वासको प्रस्ताव दर्ता भएपनि पार्टीको निर्णय अनुसार सरकारविरुद्ध मतदान गर्ने बताउदै थापाले आफ्नो मन भने एमाले सरकारतिरै रहेको प्रतिक्रिया दिएका थिए । सोमबार पनि उनी हस्ताक्षर गर्न नमानेको विपक्षी दलको भनाई छ ।
‘हामीले जवरजस्ती गर्न भएन, हस्ताक्षर गर्न उहा“ मान्नुभएन’ कांग्रेसका ती सांसदले भने । पार्टीको निर्देशन अनुसार राजमोकी सचेतक पियारी थापाले सांसद कृष्ण थापा र खिमविक्रम शाहीलाई नयाँ सरकार गठनमा हस्ताक्षर गर्न निर्देशन दिएकी छन् । वैशाख १५ मा अविश्वासको प्रस्तावमाथी मतदान हुने कार्यक्रम तय भएको थियो । राजमोका सांसद खिमविक्रम शाही वेपत्ता भएपछि सचेतक थापाले खोजी गर्न माग राख्दै प्रदेशसभा सचिवालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा निवेदन दिएकी थिइन् । उनको निवदेनको आधारमा संसद अनिश्चितकालको लागि स्थगित भएको थियो । हराएका सांसद बेलुका चरक मेमोरियल अस्पताल पोखरामा भेटिएका थिए ।
उनी हराउनुमा सत्ता पक्षले लुकाएको आरोप विपक्षीको थियो ।
विपक्षीले कृष्ण थापाकै सल्लाहमा शाही हराएको समेत संका गरेका थिए । ‘सोमबार थापाको प्रतिकृया हेर्दा सरकार ढलाउन सहमत नभएको देखिन्छ’ माओवादी केन्द्रका एक सांसदले भने, ‘पार्टीको निर्णय स्पष्ट भएपनि व्यक्तिको निर्णय दोधारे देखियो । प्रतिगमन भएको छैन भन्ने उनको भाव छ । आफ्नै पार्टीको सांसद हराउदा उनले मतदान प्रकृया अगाडी बढाउन भने । यसबाट पनि थाहा हुन्छ उनी मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ नै चाहान्छन् ।’ थापाले मतदान प्रकृया सोहीदिन टुङग्याउनु पर्नेमा लम्व्याएको प्रतिकृया दिएका थिए ।
बरालले सांसद फकाउने र भड्काउने कार्य भइरहेको बताउदै भने, ‘राजनीतिमा जे पनि हुन्छ । हामी प्रतिगमनको सरकार ढाल्ने पक्षमा छौ । सोअनुसार सांसदलाई ह्रिप जारी गरिएको छ ।’ बरालले शाही हराउनुमा सत्तापक्ष एमालेकै हात रहेको बताएका थिए । कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बहुमतको हस्ताक्षर संकलन गरि मंगलबार बुझाउने कार्यक्रम तय भएको बताए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले राजमोको निर्णय नआएकाले एकदिन ढिला भएको बताए ।
‘पार्टीको कुरा स्पष्ट छ’ उनले भने, ‘कार्यान्वयनको पक्षमा छलफल भइरहेको छ । हामी निर्णय कुर्दै छौ ।’ उनले वैकिल्पक सरकार दिनुपर्छ भन्नेमा राजमो सहमत रहेको बताए । यता, एमालेले पनि बहुमतको हस्ताक्षर संकलन गर्न लागी परेको छ । निर्णयक भुमिकामा रहेको राजमो र एमालेको खुलेरै समर्थन गर्ने राजामोका थापालाई फकाउदै आएको स्रोतले बताएको छ । स्रोतका अनुसार एमाले सांसद फकाउनमा व्यस्त छ ।
विधान समितिका सभापति समेत रहेका एमाले सांसद मोहनप्रसाद रेग्मीले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि बाटो खुलेको बताए । उनले भने, ‘हामी बहुमतको सरकार गठन गर्छौ, बहुमत जुटाउन लागेका छौ । बहुमत जसको पुग्छ उसैको सरकार बन्छ ।’ उनले विपक्षी दलले बहुमतको हस्ताक्षण पु¥याउन नसके सरकारको विकल्पमा ठूलो दलको रुपमा रहेको एमाले नै रहने बताए । गण्डकी प्रदेशसभामा ५ दलको संलग्न छ ।
एमालेका २८, माओवादीका १२, कांग्रेसका १५, जसपाका २ र राजमोका ३ सांसद छन् । सोमबार सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथी मतदान गर्ने कार्यक्रम थियो । मतदान हुने अघिल्लो दिनै मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्रवान गरेकी छन् ।
२८ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । विपक्षी दलले बहुमतको हस्ताक्षर पुयाउन सके नेपाली मुख्यमन्त्री बन्नेछन् । गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा जनमोर्चाले पनि साथ दिने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वास प्रस्ताव आएको थियो । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत (बहुमत) आवश्यक हुन्छ ।
अब कांग्रेसका नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोसमेत मिलाउँदा बहुमत पुग्ने र सरकार गठनको बाटो खुल्ने अवस्था देखिन्छ । सोमबार राजमोले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । प्रदेश सचिवालयमा सचेतक पियारीको हस्ताक्षर रहेको पत्र बुझाइएको छ ।