गण्डकीमा एमाले बलियो

Share this post :

Facebook
Twitter
WhatsApp

जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने

गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण थापाले नया“ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । सोमबार हस्ताक्षर गर्न नमानेका थापाले मंगलबार पनि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
मंगलबार दिनभरी प्रदेशसभा सचिवालयमा रहेका कांग्रेस, माओवादी र जसपाका सांसद थापा नमानेपछि घर फर्किएका छन् । वैशाख २६ मा पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि सोहीदिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिएकी थिइन् । नया“ सरकार गठनको लागि गठबन्धनले ३१ जनाको हस्ताक्षर पु¥याउनुपर्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् । राजमोका ३ सांसद छन् । जसमा सचेतक पियारी थापाले गठबन्धनलाई साथ दिएकी छन् भने, कृष्ण थापाले खुलेर नै कांग्रेस नेतृत्वको सरकारलाई सहयोग नगर्ने बताएका छन् । अर्का सांसद खिमविक्रम शाही मौन छन् ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका कांग्रेस, माओवादी र जसपाका सांसदले बहुमतको (३१) हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । नयाँ सरकार गठनको लागि राजमोले साथ दिएको छ । सचेतक पियारी थापाले सोमबार दुवै जना सांसदलाई नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न ह्रवीप जारी गरेकी थिइन् । दलका नेतासमेत रहेका थापाले आफूलाई ह्रवीप जारी भएको जानकारी नभएको बताएका थिए । राजमोका प्रदेश अध्यक्ष शंकर बरालले नया“ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न थापा नमानेको बताए । तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *