गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि गठबन्धनलाई सहयोग गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू कुनै पनि गठनबन्धनमा नरहेको बताएका छन् । चार दलको गठबन्धनमा आफ्नो हस्ताक्षर रहेको प्रति आपत्ति जनाउदै उनले गठबन्धनमा नरही तटस्थ रहेको विज्ञप्तीमार्फत जानकारी दिएका छन् । यसभन्दा अघि राजमोकै कृष्ण थापाले पनि कुनै गठबन्धनमा नरहेको जनाएका थिए । राजमोका गण्डकीमा ३ सदस्य छन् । सचेतक पियारी थापाले मात्र गठबन्धनलाई सहयोग गरेकी छन् । गठबन्धनलाई सहयोग गर्न थापाले दुवै जनालाई सोमबार ह्रवीप जारी गरेकी थिइन् । प्रदेश प्रमुखकोमा गठबन्धनले बहुमत दावी गर्दै पत्र बुझाएपछि उनले तटस्थ रहेको बताएका हुन् ।

Post Views: 23