
गण्डकी मन्त्री परिषद्को बुधबार बसेको वैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा पुनः डा गिरीधारी शर्मालाई नै नियुक्ति दिइएको छ । उनीसंगै आयोगको सदस्यमा डा विष्णुराज बराललाई पनि नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । योसंगै वैठकले मुख्यमन्त्रीको राजनीति सल्लाहकारमा भिष्म अधिकारीलाई नियुक्त गरिएको छ । प्रवक्ता बस्नेतका अनुसार वैठकले पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाको व्यवस्थापनको लागि संघीय सरकारसंग सिफारिस गर्ने निर्णय भएको छ ।
Post Views: 27