देशघाती जोडी यत्तिकै रोकिन्न्– थापा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसका नेता गगन थापाले देशघाती जोडी यत्तिकै नरोकिने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताए । महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज

कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन् । नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *