कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई गन्तव्यमा पुर्‍याउँदैन– भट्टराई

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताएका छन् । पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ ।

उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पु¥याएको छैन् र पु¥याउदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौ, संवाद गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *