उमेर ११ बर्ष । कक्षा ६ मा अध्ययनरत अंकित खड्का अव विद्यालय जान पाउदिन भन्ने विषयमा चिन्तित छैनन् । बढ्दो कोरोनाका कारण विद्यालय बन्द भएपनि उनले अव सहजै विना इन्टरनेट घरबाटै अध्ययन गर्न पाउने भएका छन् । उनले अध्ययन गर्ने सवै विषय अफलाइन कक्षाबाटै पढ्न पाउने भएपछि लकडाउनको बेला पढाई विग्रिन्छ की भन्ने चिन्ता उनलाई छैन् ।
उनी मात्र होइन, उनी पढ्ने स्याङ्जाको भीरकोट नगरपालिका–१ स्थित दहथुम माध्यामिक विद्यालयका सवै विद्यार्थीलाई विद्यालय संचालन नहुदा“ पढाई विग्रिने चिन्ता हटेको छ । विना इन्टरनेट मोवाइलबाटै विद्यार्थीले घरमै बसेर पढ्न पाउने भएका छन् । गण्डकी प्रदेशमै पहिलो पटक अफलाइनबाटै पढाई संचालन हुने भएपछि यस विद्यालयका विद्यार्थी खुशी भएका हुन् । शनिवार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाईनमा आधारित वैकल्पिक सिकाई सामाग्रीको परीक्षण (अफलाइन मोवाइल एपका माध्यमबाट कक्षा संचालनको लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ । कक्षा ६ देखी १२ सम्मका विद्यार्थीले अव मोवाइलबाटै भीडियोसहित सवै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् ।
कोभिड–१९ को पहिलो लहरको प्रभावका कारण ०७६ चैत्रदेखि लकडाउन भएसंगै शिक्षा क्षेत्र पनि प्रभावित बनेको थियो । बालबालिका विद्यालयमा उपस्थित भइ पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाको लागि संघ, प्रदेश र स्थानीय सरकारले सामाग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिदै आएको छ ।
यस अनुसार प्रदेश सरकारले पिडि स्मार्ट एजुकेशन नामक संस्थाको समन्वयमा पिडि स्मार्ट अफलाइन इजी लर्रिङ नामक एप निर्माण गरी अफलाइन कक्षा संचालन गरेको हो । संस्थाका अध्यक्ष तेजबहादुर चन्दले नेपाल सरकारको पाठ्यक्रम अनुसार स्वीकृत लिएर नै पाठ्यक्रम निर्माण गरिएको बताए । ‘नया“ आएको कोर्ष समेटेर भिडियो तयार गरिएको छ’ उनले भने, ‘एप खोलेपछि कुन विषय पढ्ने विद्यार्थीले रोज्न पाउनेछन् । विषयमा क्लिक गरेपछि कुन शिर्षक (पाठ) पढ्ने भन्ने हुन्छ । त्यहा“ गएपछि शिक्षकले पढाएको हुन्छ । विद्यार्थीले भिडियो सहित हेरेर पढ्न पाउछन् ।’ यदी विद्यार्थीले नबुझेमा सोही शिर्षकमुनी प्रश्न÷उत्तर गर्न समेत मिल्ने चन्दले बताए ।
कर्णाली र सुदुरपश्चिमका केही जिल्लामा अफलाइन कक्षाको संचालन भएपछि गण्डकीमा पहिलोपटक सुरु गरिएको उनले जानकारी दिए । उनका अनुसार गण्डकीका सवै स्थानीय तह र विद्यायमा यो कार्यक्रम संचालन गर्ने तयारी भएको छ ।
गण्डकी प्रदेश अन्तर्गत एघार जिल्लामा ६ देखी १२ कक्षासम्म एकहजार ४ सय ४८ विद्यालय रहेका छन् । यी विद्यालयमा अध्ययनरत ३ लाख ६४ हजार ४ सय विद्यार्थी अफलाइन कक्षाबाट लाभान्वित हुने प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका आचार्यले बताए ।
कक्षा ६ देखी १२ का अनिवार्य विषय लक्षित यस सामग्री विलार्थीका लागि सहयोगी सिद्ध भएमा आवश्यक प्रक्रिया पुरा गरी अन्य विद्यालय र विद्यार्थीमाझ उपयोगमा लैजान सकिने आचार्यले बताए । पिडि स्मार्ट एजुकेशन काठमाण्डौको नया“ बानेश्वरद्धारा विकास गरिएको अफलाइनमा आधारित छ । अध्यक्ष चन्दले ग्रामीण भेग, दुर्गम र इन्टरनेटको पहु“च नपुगेको स्थानमा बढी उपयोगी रहेको बताए । सवै विद्यालय र विद्यार्थीसंग कम्प्युटर नहुनु, सवै ठाउ“मा रेडियो तथा टेलिभिजनको पहु“च नहुनु, शिक्षकमा अनलाइनवाट शिक्षण गर्ने सीपको विकास हुन नसक्नु, घरमा सवै बालबालिकालाइ पुग्ने गरी मोवाइन नहुनुु, मोवाइलको नेटवर्क र इन्टरनेट सवै स्थानमा पुग्न नसकेका कारण विद्यार्थीको सिकाइलाई प्रभावकारी रुपमा अगाडी वढाउन नसकिएको निर्देशक आचार्यले बताए ।
गण्डकीमा प्रारम्भिक बालविकासतर्फ ४ हजार १ सय ५६ बालविकास केन्द्र र पूर्व प्रावि, सामुदायिक विद्यालयको संख्या ३ हजार ७ सय १९ रहेको छ भने संस्थागत विद्यालय ६ सय ३१ गरी जम्मा ४ हजार ३ सय ५० विद्यालय रहेका छन् । यस प्रदेशमा ६ लाख ९७ हजार विद्यार्थी अध्ययनरत रहेकोमा पूर्व प्राथमिक तहमा ४६ हजार, कक्षा १–५ मा २ लाख ८७ हजार, ६– ८ मा १ लाख ३९ हजार, कक्षा ९– १० मा १ लाख ३ हजार र कक्षा ११– १२ मा ९२ हजार ४ सय जना विद्यार्थी रहेको छन् ।
डेमोको उद्घाटन गर्दै प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले वैकल्पिक माध्यमबाट पनि लाभान्वित हुन नसेको विद्यार्थीको लागि यसबाट फाइदा पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक वेदराज अर्यालले पहिलो चरणमा कार्यक्रम सुरु गरिएपनि यसको प्रभावकारीता र कार्यान्वयनको विषयमा अहिले नै भन्न नसकिने बताए ।