सर्वोच्चको अन्तरिम आदेशः महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउ

Share this post :

Facebook
Twitter
WhatsApp

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन आइतबार अन्तरिम आदेश दिएको छ । संग्रालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले मैतिदेवीमा रहेको महाकविको घर भत्काउन सुरू गरेको थियो । अधिवक्ता संजय अधिकारीले देवकोटाको पुरातात्विक महत्वको घर थप भत्काउनबाट रोक लगाउन, भत्काइएका भग्नावशेषलाई यथास्थानमा राख्न र निर्माण कार्य नगर्न माग गर्दे सवोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यस निवेदनमाथि सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य गर्नुअघि पुरातत्व विभागसँग समन्वय गर्न अन्तरिम आदेश दिएको हो । साउन २५ मा सर्वोच्चमा दर्ता गरिएको निवेदनमा देवकोटाको घरको पुरातात्विक महत्त्व रहेको र त्यसको आधिकारिकता नासिने गरी कुनै काम नगर्न आदेश माग गरिएको थियो । पहिलो सुनुवाइमा साउन २७ मा न्यायाधीश तेजबहादुर केसीले प्रज्ञा प्रतिष्ठानलाई देवकोटाको घर भत्काउनुको कारण मागेका थिए ।
उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने भनिएको थियो । त्यसपछि आइतबार भएको सुनुवाइमा सर्वोच्च अदालतले मुद्दा नटुंगिएसम्म देवकोटाको घरमा निर्माणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *