गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले उनलाई सपथ खुवाएकी हुन् ।

यसभन्दा अघि १० दिनमात्र खेलकुद मन्त्री बनेका मनाङे पुनः खेलकुद मन्त्रीमै नियुक्त भएका थिए । गण्डकीमा अल्पमतको सरकार गठन भएपछि बुधबार किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मगरले सपथ लिएका थिए ।
सपथसंगै उनीहरुलाई सोही दिन मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । शपथ कार्यक्रमको दिन मनाङे काठमाडौं भएकाले आइतबार शपथ खुवाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
Post Views: 20