निजामती सेवा दिवश, २०७८ को उपलक्ष्यमा आयोजित ‘कोभिड–१९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक खुल्ला निबन्ध प्रतियोगितामा ईन्जिनियर जनकराज पन्त प्रथम भएका छन् ।
स्थानीय पूर्वाधार विभाग, पूल्चोक, ललितपुरमा कार्यरत ईञ्जिनियर पन्तले प्रतिस्पर्धीहरुलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्धारा मंगलबार सिंहदरवारमा आयोजित कार्यक्रममा प्रथम, दितिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको छ ।
प्रथम स्थान ओगट्न सफल पन्तलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । उक्त निबन्धमा रमा अधिकारी र कादम्बरी कुशादेवी, काभ्रे, हिमा पोख्रेल शुक्लागण्डकी नगरपालिका तनहुँको निबन्धले दितिय र तृतीय स्थान प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुनेले क्रमश १५ र १० हजार प्राप्त गरेका छन् ।
ईन्जिनियर पन्तले सबै राष्ट्रसेवकले आफ्नो असिम दायित्व र भूमिकालाई ह्रदयङ्गम गरी कोभिड–१९ महामारी बिरुद्ध जनताको मन जित्ने गरी कार्य गरेको खण्डमा संकटमाथि विजय मात्र होईन भविष्यको सुन्दर मार्गदिशा कोर्ने अवसर समेत प्राप्त हुन सक्ने बताए ।