स्याङ्जामा ७ जनप्रतिनिधि नेकपा (एस)मा

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमाले फुटेर नेकपा एस बनेपछि निर्वाचन आयोगले दल रोज्नको लागि जनप्रतिनिधिलाई दिएको समय मंगलबार अन्तिम थियो । सो अनुसार स्याङ्जामा ७ जना जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । आ“धीखोला गाउँपालिकाकी उपाध्यक्षसहित ७ जना रहेको नेकपा एस स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए ।
उनका अनुसार आँधीखोला गाउँपालिका–२ नम्बर वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, पुतलीबजार नगरपालिका–४ का वडा सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, ४ कै वडा सदस्य डोलराज गौतम र हरिनास गाउँपालिका–७ का वडा सदस्य ऋषिराम लम्साल नेकपा एस पार्टी रोजेका छन् । ‘नेकपा एसलाई माया गर्ने जनप्रतिनिधि अरु पनि हुनुहुन्थ्यो’ उनले भने, ‘अहिलेलाई एमाले नै रोज्नुभयो ।’ उनले उनीहरु पनि विस्तारै विचारकै पक्षमा उभिन बाध्य हुने बताए ।
एमाले फुट्नुभन्दा अघि स्याङ्जामा केपी शर्मा ओलीको लाइन बलियो नभएपनि यसपटक भने बलियो देखिएको छ । बामदेव गौतमको लाइन भनिने संघीय सांसद एवं पूर्वमन्त्री पद्मा अर्याल नै केपी लाइनमा उभिएपछि स्याङ्जामा ओली लाइन बलियो देखिएको हो । अहिले माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल लगायत सवै ओली लाइनमा नै उभिएका छन् । नाम नबताउने सर्तमा नेपाल पक्ष मानिने एक नेताले भने, ‘हामी दिदीकै (पद्मा अर्याल) पक्षमा उभियौ । केन्द्रीय नेता चिन्दैनौ भविष्यको राजनीति हेर्दै हामी एकै ठाउ“मा उभिन बाध्य भयौ ।’ उनले विचार भन्दा पनि अहिले माओल हेरेर निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *