जिल्ला कांग्रेस सभापतिमा छायाराम खनालले उम्मेदवारी दिने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापति पदका आकांक्षी खासै नदेखिएको बेला उनले आफूलाई जिल्ला कांग्रेसको नेतृत्व गर्ने रहर जागेको बताए । प्रतिपत्र अनलाईनसंग कुरा गर्दै उनले आसन्न अधिवेशनका लागि आफू सभापतिको बलियो उम्मेदवार रहेको पुष्टाए ।
कांग्रेसमा बढ्दो गुट÷उपगुट र आन्तरिक द्धन्द्धलाई घटाउन आफ्नो उम्मेदवारी आवश्यक रहेको उनले बताएका छन् । ‘कांग्रेसको घट्दो सा“ख बढाउछु’ उनले भने, ‘२०४८ सालको जस्तै एक ढिक्काको कांग्रेस बनाउनुपर्छ । अहिले कांग्रेस तितरवितर छ । पछिल्लोसमय स्याङ्जामा कांग्रेसको वर्चश्व घट्दै गएको छ । यसलाई जोगाउने जिम्मेवारी पनि अव का“धमा आएको छ ।’ उनले सक्षम नेतृत्वको आवश्यक रहेको बताए । २००९ असोज २५ गते भीरकोट नगरपालिका–५ स्वरेकमा जन्मिएका खनालले जीवनको लामोसमय कांग्रेस राजनीतिमै विताएका छन् । २०२२ सालमा नेपाली छात्र मण्डल भारतबाट नेपाली राजनीति यात्रा सुरु गरेका खनाल ०३५ सालमा कांग्रेसको कृयाशिल सदस्य बनेका थिए । ०३५ मा कांग्रेस इलाका समिति जिल्ला इलाका नम्बर ८ को उपाध्यक्ष बनेका खनाल ०४२ जेठ १० मा सत्याग्रहमा सभागी भएका थिए । उपाध्यक्ष रहेका खनालकै नेतृत्वमा सत्याग्रहमा पार्टी समावेश भएको थियो ।
०४७ को जनआन्दोलमा महत्वपूर्ण भुमिका खेलेका खनाल त्यसपछि सकृय राजनीतिमा लागेका हुन् । ०४८ सालको ८ औं महाधिवेशनमा प्रतिनिधि हुदै खनाल ०५४ मा क्षेत्रीय सभापति बने । त्यसपछि महाधिवेशन प्रतिनिधि हुदै उनी अहिले पार्टीको महासमिति सदस्य हुन् । ०४९ र ०५४ को निर्वाचनमा साविक स्वरेक गाविसमा दुईपटकसम्म अध्यक्ष निर्वाचित भएका थिए । पार्टीको १२ औ महाधिवेशनले उनी जिल्ला उपसभापति समेत बनिसकेका छन् । ०७४ मा उनी भीरकोट नगरपालिकाको प्रथम मेयरको रुपमा निर्वाचित बनेका छन् । कांग्रेसले पछिल्लो समय सिद्धान्त र विधि नअपनाएको बताउदै उनले भने, ‘कांग्रेस विधिमा चल्नुपर्छ । कांग्रेसका सवै सदस्य सकृय बनाउने अभियान मैले चलाउनेछु । कांग्रेसको संगठन बलियो बनाई सृदृणिकरण गर्न जरुरी छ ।’ सवै स्थानीय तहमा कांग्रेसको वर्चश्व कायम गर्ने र संघ, प्रदेशको निर्वाचनमा कांग्रेसले कव्जा गर्ने स्थिति ल्याउने उनका एजेण्डा छन् ।
पार्टी केन्द्र नै सर्वोस्व रहेको बताउने उनले पार्टीकै निर्णयले विनाविवादित सभापतिमा उम्मेदवारी दिने उनको तयारी छ । पार्टी या जनता कसैलाई पनि नराम्रो नगरेकाले आफूलाई पनि सवैको सहयोग मिल्ने उनको तर्क छ । खनाल पार्टी सभापति शेरबहादुर देउवा लाइनमा गनिन्छन् । स्याङ्जाको जिल्ला सभापतिको लागि सोही लाइनबाट हालका कार्यवहाक सभापति कुमार राना, संविधान सभा सदस्य राजु थापाले सभापतिमा उम्मेदवारी दिने घोषण गरेका छन् । आधिकारीक रुपमा घोषण नभएपनि वालिङ नगरउपप्रमुख कल्पना तिवारीको पनि सभापतिमा चर्चा छ । तिवारी कोइराला लाइनमा गनिन्छिन् । सभापतिमा आफ्नै लाइनबाट राना र थापाको कडा प्रतिस्पर्धा छ । एकआपसमा दुवैजना पछि नहट्ने बताएका छन् । यदी उनीहरुबीच सहमति नभएमा बीचमा बसेको यसको फाइदा खनालले लिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *