मोटरसाइकल अनियन्त्रित हुदाँ कास्कीमा एक जनाको मृत्यु भएको छ । माछापपुच्छ्रे गाउँपालिका–८ लुम्लेका १८ बर्षिय लक्की विकको सोही वाडको ठाँटीस्थित रिभानबाट लुम्लेतर्फ जादै गर्दा ग १४ प ९७५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएको थियो । घाइते विकलाई उपचारको लागि फिस्टेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा विकको मृत्यु भएको हो ।
Post Views: 24