जीपको ठक्करबाट स्याङ्जामा ६ बर्षिय बालकको मृत्यु भएको छ । शनिवार साझ पुतलीबजार नगरपालिका–१० राङखोलास्थित राङखोला–समाताटोल भित्री सडकखण्डमा राङखोलाबाट समाताटोल जादै गरेको लु १ च ६०९७ नम्बरको जीपले ठक्कर दिदा सोही ठाउका सुमन गुरुङको छोरा आयोनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार आयोनको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याएको छ । प्रहरीले जीपलाई नियन्त्रणमा लिएको जनाएको छ भने, जीप चालक राङखोलाकै २८ बर्षिय निरज शाही फरार रहेका छन् ।
Post Views: 27