विषम परिस्थितिमा राजनीति गन्जागोल हुनु विडम्बनाः राजेश हमाल

Share this post :

Facebook
Twitter
WhatsApp

अभिनेता राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज रुपले काम गर्न नसकेको उनले बताए ।
बेलायतको संसद्‍मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले कोभिडको समयमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिएको भनेर प्रशंसा पनि गर्नु भएको थियो । तर नेपालको राजनैतिक वास्तविकता के हो भनेर हामी सबैलाई थाहा छु उनले भने,अहिलेको यो विषम परिस्थितिमा हाम्रो नेपाली राजनीति गन्जागोल छ । त्यो भयंकर ठूलो विडम्बना हो ।
नेपाल सरकारको आफ्नो प्राथमिकता बुझेर त्यसतर्फ गम्भीर हुनुपर्ने हमालको भनाई छ । विश्वले यस्तो किसिमको गम्भीरता देखाएको बेलामा यदि हामीले लापर्बाही देखायौं । राजनीतिक किचलो, राजनैतिक मुद्दाहरु सुल्झाउनमा हाम्रो ध्यान छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण गर्‍यौं भने विश्वले उठाइरहेको पहल कदममा ह्रास आउन सक्छ, उनले भने,ुहाम्रो प्राथमिकतामा हामी ध्यान दिऔं । नेपाल अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ । त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ भन्नेमा सरकारले आफ्नो सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो । यो परिस्थितिमा गम्भीर छौं भन्ने कुरा विश्वलाई सन्देश पुर्‍याउन सके विश्वको ध्यान अझ नेपालतिर तानिने हमालले बताएका छन् । धेरै नेपालीलाई खोप पुर्‍याएर यस विषम् परिस्थितिबाट उम्किन सकिने पनि उनको धारणा छ । कमसेकम एक तिहाई जनतालाई खोप लगाउन सकियो भने सायद यो विषम परिस्थितिबाट हामी पार लाग्ने छौं । खाली मास्क लगाउनुस्, हात धुनुस्, सामाजिक दूरी कायम गर्नुस् भनेर कतिञ्जेल यो परिस्थितिलाई अगाडि बढारहने । यसको सशक्त समाधान भनेको खोप नै हो, उनले भने, हामी सबैलाई थाहा छ, जबसम्म कोही सुरक्षित छैन तबसम्म कोभिड हाम्रोबीच रहिनै रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *