हास्य कलाकार रमेश केसी मट्टारेुको ६९ वर्षको उमेरमा निधन भएको छ । सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
हर्के हवलदारले बनाउन लागेको एउटा गीतको सुटिङका लागि उहाँ काभ्रेस्थली भन्ने ठाउँमा आफै मोटरसाइकल चलाएर पुग्नुभएको रहेछ । एकछिन बसेर विष्णु सापकोटा हर्केुसँग बातचित पनि गर्नुभएछ । त्यसपछि सुटिङसेटमै बेहोस् हुनुभयो । अस्पताल लैजानुअघि नै उहाँको निधन भइसकेको रहेछ,ुरवीन्द्रले भने ।
मट्टारेु लामो समयदेखि मुटुका बिरामी थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।
अधिकांश कलाकारले मट्टारेुको निधनसँगै सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली दिएका छन् । कलाकार उत्तम केसीले फेसबुकमा लेखेका छन्, वरिष्ठ कलाकर्मी रमेश केसी मट्टारेुज्यूले यो संसार त्याग्नु भएको दुखद् खबरले मर्माहत तुल्याएको छ । भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । अभिनय कर्म गरिरहेकै अवस्थामा उहाँको दुखद् निधन भएको हो ।
