अनेरास्ववियु गण्डकीको संयोजकमा प्रकाश पौडेल

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् ।
शनिवार सम्पन्न केन्द्रीय सचिवालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो । अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिवालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्यसहित प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।
प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह गर्दै त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन । उनले प्रदेशमा संगठनको कामलाई थप गतिशील बनाउन सक्रिय हुने बताए ।
विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका उनी १२ वर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला कमिटीमा प्रवेश गरेका हुन् ।
अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ सालमा २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपत् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्ववियु विद्यार्थी माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । अनेरास्ववियूमा पौडेल कम उमेरका प्रभावशाली नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *