राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाको जिल्ला अधिवेसनबाट राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाको अध्यक्षमा इन्द्र बहादुर गुरुङ निर्विरोध चयन भएका छन् । पाटीको जिल्ला कार्यसमितिमा महिला उपाध्यक्ष डिल कुमारी शाही उपाध्यक्ष पदम कुमार श्रेष्ठ उपाध्यक्ष गणेश शर्मा सचिव श्याम कृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सहसचिव हिमनाथ रेग्मी सहित ३१ सदस्यीय जिल्ला कार्यसमित निर्विरोध चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पाटी कार्यालय स्याङजाले जनाएको छ ।
राप्रपाको स्याङ्जा जिल्लाअधिवेसनको उद्घाटन गदै राष्ट्रिय प्रजातन्त्र केन्द्रीय बिषेश समितिका सदस्य तथा पुर्व गृहमन्त्री बुद्धिमान तामाङले राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अन्य पाटी भन्दा फरक पाटी भएको बताए । नेपालको धर्म, संस्कृती, संस्कार र परम्परा पाटीको मुल मन्त्र भएको उनको भनाइ थियो । गुरुङले हिन्दु राष्ट्र, राजसस्था र संघियता पाटीको एजेण्डा मात्र भएको बताउदै पाटीले लिएको सवै एजेण्डा छिटै पुरा हुने जिकिर गरे ।
कार्यक्रममा केन्दी्रय कार्यसम्पादा समितिका सदस्य तोरण बहादुर गुरुङ, कार्यसम्पादन समितिका सदस्य मदन बहादुर कार्की केन्द्रीय सदस्य पञ्चराम गुरुङ, केन्द्रीय युवा संघका सचिव हिक्मत जंग कार्की , केन्द्रीय निर्वाचन परिवेक्षक कुल बहादुर गुरुङ लगायतले आफ्नो धारण ब्यक्त गरेका थिए । राप्रापा जिल्ला अध्यक्ष भुमी जंग के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विश्व बन्धु पौडेल गरेका थिए भने प्रशासनीक तथा संगठनीक प्रतिवेदन सचिव श्याम कृष्ण श्रेष्ठ र आर्थीक प्रतीवेदन रेख बहादुर गुरुङले प्रस्तुत गरेका थिए ।