त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

Share this post :

Facebook
Twitter
WhatsApp

पृथ्वी राजमार्गमा बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । घटनामा कार चालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमा रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उक्त कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्यबहादुर थापाले बताए । कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेका छन । प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियो । ‘राति ११–१२ बजेको बीचमा घटना भएको हुन सक्ने उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *