नेकपा माअाेवादीका कार्यकर्तालाई अब तीन तहकाे कक्षा संचालन गरिने भएकाे छ । माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल इन्चार्ज र गिरिराजमणि पोखरेल प्रमुख रहेको स्कुल विभागले विभागका सबै तहका लागि लागू हुनेगरी कार्यविधि बनाएको हो ।
सोमबार पार्टी स्थायी कमिटी बैठकमा स्कुल विभाग प्रमुख पोखरेलले कार्यविधि प्रस्ताव पेस गरेका छन् ।विभागका अनुसार आधारभूत, माध्यमिक र उच्च गरी तीन वटा तहमा पार्टी स्कुल संचालन गर्ने कार्यविधिमा प्रस्ताव छ ।
हरेक तहका लागि कार्ययोजना तथा पाठ्यक्रम बनाउने तथा पार्टी र संगठनको आवश्यकता अनुसार विशिष्ट प्रशिक्षण कक्षासमेत सञ्चालन गर्न सकिने कार्यविधिमा छ । विभागले हरेक वर्ष कम्तिमा एउटा खुल्ला बहस संचालन गर्ने तथा संसदीय मोर्चामा भइरहेका वा हुन पर्ने बहससँग पार्टीलाई जोड्न आवश्यक विधि, विज्ञता र संयन्त्रको विकास गर्ने पनि कार्यविधिमा छ ।