कोरोना भाईरस विरुद्द एकजुट हुन ५ दलको आग्रह

Share this post :

Facebook
Twitter
WhatsApp

विश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरस विरुद्द साझा रुपमा जुटनको लागी ५ दलले आग्रह गरेका छन । (प्रेस विज्ञप्ती जस्ताको तस्तै)
विश्व मानव सभ्यतालाई थप चुनौति दिँदै फैलिएको नोवल कोरोना भाइरसको महासंकटले हाम्रो स्याङ्जा जिल्ला पनि नराम्रोसँग प्रभावित भएकोमा हामी दुख व्यक्त गर्दछौँ साथै जिम्मेवारीपूर्वक यसका विरुद्ध साझा रुपमा जुट्ने संकल्प गर्दछौँ। महामारीबाट आक्रान्त जिल्लावासीलाई यस कठिन घडीमा धैर्यतापुर्वक स्वास्थ्य मापदण्डहरु भौतिक एवं सामाजिक दुरी कायम राख्न, समयसमयमा साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न र नाकमुख पुरा छोप्ने गरी मास्कको सुरक्षित प्रयोग गर्न अनुरोध पनि गर्दछौँ। कोभिड संकटमोचनमा अहोरात्र खट्नु हुने सामाजिक अभियन्ता, सुरक्षाकर्मि, सञ्चारकर्मि, जनप्रतिनिधि र विशेषतः स्वास्थ्यकर्मिहरुलाई हार्दिक धन्यवाद दिँदै अझ उच्चमनोबलका साथ मानव सेवामा अनवरत क्रियासिल हुनु हुनेछ भन्ने विश्वास लिएका छौँ।
कोभिड महामारीको संकटमा मानवीय संवेदनालाई समेत बेवास्ता गर्दै राज्य संयन्त्रबाट स्वास्थ्य सामाग्रीमा भएको कमिसनखोरी तथा भ्रष्टाचार, उपचारमा भएको गैरजिम्मेवारी र व्यवस्थापनका नाममा भएको अनियमितताका विरुद्ध खबरदारी गर्दै यथाशिघ्र यस प्रकृतिका दुस्कार्य रोक्न समेत सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ।कोभिड समस्याको कुनै सीमा नरहेको हुनाले सम्बन्धित सबै निकायले साझा समझदारीका साथ हातेमालो गर्न आवश्यक छ। हामी स्थानीय स्तरका हरेक समस्याको समाधानका लागि जुन सुकै अवस्थामा पनि परिचालित हुन, सहकार्य गर्न र सहयोग गर्न तत्पर छौँ।
कोभिड महामारीमा जीवन गुमाउने सम्पुर्ण नागरिकमा भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै स्वास्थ्य संस्थामा उपचाररत एवम् होम आइसोलेशनमा रहनु भएका बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। यस कठिन परिस्थितिमा जनतासँगको हाम्रो जिम्मेदारी पुरा गर्न सुरक्षित रहेर सचेततापुवर्क सामर्थ्य अनुरुपको मानवीय सेवामा आ(आफ्नो क्षेत्रमा खट्नुहुन हामी सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछौँ।

बुध्दिबहादुर राना
कावा सभापति नेपाली कांग्रेस शैलेन्द्र घिमिरे
संयोजक
नेकपा (माओवादी केन्द्र) टिकाराम नेपाली
उपसचिव९प्रचार विभाग प्रमुख०
नेकपा (एमाले) ख्यामनारायण ढकाल
अध्यक्ष
जसपा, नेपाल राजेन्द्र गैह्रे
अध्यक्ष
राजमो

Leave a Reply

Your email address will not be published. Required fields are marked *