मिडिया विधेयक सातवटै प्रदेशकाे उत्कृष्ट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारकाे लागि ल्याईएकाे अाम संचार विधेयक सातवटै प्रदेशमध्ये उत्कृष्ट ल्याईने बताएका छन् ।

मानवअधिकारमैत्री पत्रकारिता विषयक तालिम कार्यक्रमलाई बुधबार उद्घाटन गर्दै उनले पत्रकारिता गर्दा मानव अधिकारकाे ख्याल ध्यान दिनुपर्ने बताएका थिए । नेपालका ठूला भनिएका मिडियाबाट नै अाफू मन्त्री हुदाँ चरित्र हत्या भएकाे बताउदै उनले यसमा सत्यतथ्य बुझेर मात्रै कलम चलाउन सुझाए । मानव अधिकारमैत्री पत्रकारिता अाजकाे अाजश्यकता रहेकाे उनकाे भनाई थियाे ।

राष्ट्रिय मावन अधिकार अायाेगका सदस्य लिलि थापाले पत्रकारले हरेक विषयमा ज्ञान राख्नुपर्ने बताउदै अनुसन्धानमुलक समाचारकाे लागि बढिमा बढि अध्ययन गर्नुपर्ने बताईन् । उनले मानव अधिकारमा मात्र नभई लैंगिकका क्षेत्रमा पनि कलम चलाउन अाग्रह गरेकी थिईन् ।

अायाेगका प्रवक्ता टिकाराम पाेखरेलले पत्रकारले मानव अधिकारकाे क्षेत्रबाट राज्यलाई जिम्मेवारी बनाउने बताए । पत्रकारले काम गर्दा गर्दै पनि कहिलेकाही मानव अधिकार उलंघन हुन सक्ने उनकाे धारण थियाे । पत्रकारितामा मानव अधिकारका विषयलाई कसरी जाेड्न सकिन्छ भन्ने विषयमा पनि प्रकाश पारेका थिए । पत्रकारकाे सुरक्षाकाे विषयमा पनि पछिल्लो समय चुनाैति बढेकाे भन्दै सामाजिक उत्तरदायित्व बहन गर्दा मानव अधिकार हनन् भएका ठाउँमा घच्घचाउने र अधिकार नभएकाे क्षेत्रमा प्रत्याभूति दिलाउन पत्रकारले नै पुलकाे भुमिका निर्वाह गर्नुपर्ने उनकाे भनाइ थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *