लिखित र ट्रायल पास भएपछि कर्यौ बर्ष हात नपरेको बेला सवारी साधन अनुमति पत्र (लाइसेन्स) अव तत्कालै दिने व्यवस्था गरेको छ । गण्डकी प्रदेशमै पहिलोपटक यातायात व्यवस्था कार्यालय, पोखराले हाताहात लाइसेन्स दिने भएको हो । सोमबार कार्यालयमा स्मार्ट कार्डको परीक्षण गरिएको थियो । असोज १५ देखी सेवाग्राहीलाई वितरण गरिने कार्यालय प्रमुख भरतराज काफ्लेले बताए ।
स्मार्ट कार्ड (लाइसेन्स) स्थायी भने होइन् । एक बर्षको लागि अस्थायी रुपमा वितरण गरिने प्रमुख काफ्लेले बताए । उनका अनुसार यातायात विभागले अनुमति दिएपछि विभागको मापदण्ड अनुसार वितरण गर्न लागिएको हो । ट्रायल पास भएपछि कम्तीमा डेढ बर्षसम्म पनि स्थायी लाइसेन्स हात पर्दैन्थ्यो । राजस्व बुझाएको रसिदको भरमा नै सवारी साधन चलाउने गरेको कार्यालयले जनायो । ‘स्मार्ट कार्ड भएपछि स्थायी कार्ड नआउदासम्मलाई ढुक्क हुन्छ’ उनले भने, ‘च्यातिने, पानीमा भिज्ने र हराउने सम्भावना कम हुन्छ ।’

स्मार्ट कार्ड लागू गरेपछि डुव्लीकेशन पनि कम हुने कार्यालयले जनाएको छ । राजस्व बुझाएको १० मिनेटमै सेवाग्राहीले कार्ड पाउनेछन् । विभागमा परीक्षण गर्दा सफल भएपछि मालिका इन कर्पोरेट कम्पनीले देशव्यापी रुपमा ल्याएको हो । गण्डकीमा पहिलोपटक पोखरामा सुचारु गरेपछि नवलपुर, बाग्लुङमा पनि संचालन गरिने कम्पनीका म्यानेजिङ डाइरेक्टर तपेन्द्र जोशीले बताए । विभागमा कार्ड परीक्षण सफल भएपछि कम्पनीसंग कार्यालयले खरिद गरेको उनको भनाई छ । एउटा कार्डको ५० देखी ६० रुपैया खर्च लाग्छ । यो खर्च कार्यालयले नै व्यहोर्नेछ । सेवाग्राहीले भने हराएको हकमा प्रतिलिपी लिदा ५ सय रुपैया“ तिर्नुपर्छ । प्रिन्टर मेसिन र कार्ड खरिदको लागि कार्यालयले ५ लाख रुपैया“ खर्चिएको कार्यालय प्रमुख काफ्लेले जनाए ।

लाइसेन्स प्रक्रिया नखुलेपनि पहिलेकै ट्रायल बा“की रहेकाले यतिबेला ट्रायलको काम भइरहेको कार्यालयले जनाएको छ । प्रमुख काफ्लेले भदौ २७ देखी असोज १३ सम्मको ट्रायलमा उर्तीण भएकालाई पहिलो लटमा स्मार्ट कार्ड दिइने बताए । उनका अनुसार एक दिनमा एक हजार कार्ड प्रिन्ट हुन्छन् । अमेरिकन कम्पनीको जेव्रा टेक्नोलोजीको यो प्रिन्टर एकलाख ७० हजारमा खरिद गरिएको डाइरेक्टर जोशीले जानकारी दिए । ‘यो विश्वमै बढी प्रयोग भएको प्रविधि हो’ उनले भने, ‘हामीले दुई महिनाअघि ‘स्मार्ट प्रिन्ट्रि एप्लीकेशन सफ्टवेर’ निर्माण गरि कार्ड बनाएका हौ । विभागमा परीक्षण सफल भएपछि मात्र देशभर लागू गरेका हौ ।’ कार्ड कार्यालयले कम्पनीसंग खरिद गर्छ । यसको लागि लिखित सम्झौता नभएको जोशीले बताए । बर्दिवास, लाहान, एकान्तकुना, जनकपुर, विरगंज, नेपालगंज, धनगढी, दाङ र बुटवलमा सुचारु गरिसकेको उनले बताए । कम्पनीबाट एभरेष्ट, प्रभ, प्राइम, बंगलादेश लगायतका वैंकको एटीएम, नेपाल आर्मीको स्मार्ट कन्ट्रयाक आइडी कार्ड र सवारी साधन अनुमति पत्रको स्थायी ३ लाख कार्ड प्रिन्ट भएको जोशीले बताए ।
‘हाम्रो सफ्टवेयरमा डेटा सुरक्षित रहन्छ’ उनले भने, ‘कार्ड भएपछि सेवाग्राहीलाई झन्झटिलो पनि भएन । कार्डको ट्रयाकिङ हुन्छ । कार्डको भेरिफाई गर्छौ । पहिले डुव्लिकेट रसिद बढी हुन्थे । कार्डले यो रोक्छ ।’ २५ देखी ३० हजार कार्ड प्रिन्ट भएपछि मेसिनको हेड चेन्ज गर्नुपर्छ । यसको लागि ४० देखी ५० हजार रुपैया“ खर्च लाग्ने उनले बताए । कार्यालयले कार्तिकदेखी रोकिएको लाइसेन्स नया“ दर्ता प्रक्रियालाई सुचारु गर्ने भएको छ । कार्यालयका अनुसार विभागबाट २०७७ साउनदेखीका लाइसेन्स आएका छैनन् । यातायात व्यवसायी लेखनाथ सुवेदीले अस्थायी नै भएपनि स्मार्ट कार्ड बढी उपयोगी हुने बताए । ‘हेर्दा पनि वर्जिनल भन्दा राम्रो देखिन्छ’ उनले भने, ‘प्याट् भा“चिदैन । पानी पर्दा पनि अक्षर फुल्दैन । परीक्षणकालमा हेर्दा राम्रो छ । कार्डको क्वालिटी राम्रो छ ।’ लिएर हिड्दा पनि सानो, पर्समा राख्दा पनि अटाउने उनले बताए । ‘रसिदको कागज लिदालिदै एक हप्तामै च्यातिन्छ । यसले सेवाग्राही हैरानी भएका थिए’ उनले भने, ‘अव भने यो चिन्ता हट्यो ।’