झण्डै एकदशक देखि सूचना अभियन्ताको रुपमासमेत सक्रिय पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’ राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् ।
जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा समेत सक्रिय पत्रकार महतोलाई अायोगले मंगलबार अन्तराष्ट्रिय सूचना दिवसको अवसरमा नगद ३५ हजार राशीको ‘विनयकसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७८, प्रदान गरेको हो ।
राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रुपमा दोसल्ला र प्रमाण पत्रसहित पत्रकार महतोसहित १३ जनालाई पुरस्कार प्रदान गरेका हुन् ।
उत्कृष्ट सूचना अभियन्ता ५ जना, उत्कट सूचना अधिकारी ५ जना र उत्कृष्ट ३ जना कर्मचारी लगायत १३ जनालाई अायोगले एक समारोह बिच पुरस्कृत गरेको हो ।
नेपालखबर तथा टुडेपाटीमा कार्यरत पत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।
उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाउनेहरुमा पत्रकार महतो बाहेक अजय कुमार साह ( त्रियुगा नगरपालिका ११, उदयपुर), डा. मुन्ना कुमार मिश्र ( सम्रोनगढ नगरपालिका ७, बारा), इश्वरा तिवारी ( हल्दीबारी गाउँपालिका ३, झापा) र रामपुकार रौनियार (वीरगन्ज नगरपालिका ८ , पर्सा छन् ।
यस्तै उत्कृष्ट सूचना अधिकारी पुरस्कार पाउनेहरुमा दयाराम तिवारी ( राष्ट्रिय मुस्लिम अायोग), सुरज कुमार भुजेल ( थाहा नगरपालिका, मकवानपुर) राजेश चौधरी ( प्रदेश निर्वाचन कार्यालय, कैलाली) , नवराज गिरी ( जिल्ला हुलाक कार्यालय ताप्लेजुङ), सरोज खतिवडा ( जिल्ला हुलाक कार्यालय खोटाङ) छन् भने, उत्कृष्ट कर्मचारीतर्फ कपिलप्रसाद उपाध्याय (उपसचिव), शान्ति वाग्ले (कानुन अधिकृत) र रविन गौतम (कम्प्युटर अपरेटर) पुरस्कृत भएका हुन् ।