७ हजार २२० मा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना निको

Share this post :

Facebook
Twitter
WhatsApp

२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
यस्तै ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । क्वारेन्टाइनमा ९२४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १८५ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *