जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको संघीय शासन प्रणली नै गलत रहेको बताएका छन् । पोखरामा आयोजित जसपाको संगठन सुद्दृणिकरण तथा जनजागरण (सुज) अभियानलाई सम्बोधन गर्दै यादवले संघीयताका यी सात संरचना (प्रदेश)नै गलत रहेको बताए । ‘यो संरचना सच्याउनुपर्छ’ उनले भने, ‘विट्रिस साम्राज्यवादी जहा“–जहा“ पुगे यो संघीयता त्यही लगे । साम्राज्यवादीले फैलाएको शासन व्यवस्था नेपालमा गलत प्रचार गरियो र असफल भयो ।’ उनले यही शासन प्रणलीबाट मुलुकमा स्थिरता र स्थायीत्व अगाडी बढ्न नसक्ने बताए । उनले नीतिसंगै अव राजनीति पनि परिवर्तन गर्न आवश्यक रहेको बताए ।
‘समाजमा दलित र गैरदलितबीच ठूलो खाडल छ’ उनले भने, ‘निर्वाचन प्रणाली खिचडी छ, पचाउनै गाह्रो । महंगो निर्वाचन वडाको चुनाव लड्न मध्यम र गरिब परिवार सक्दैनन् । चुनाव ठेकेदार र माफियाको भयो ।’ उनले अव मुलुक समानुपातिक निर्वाचन प्रणलीमा जानुपर्ने बताए । यसो हुदाँ पार्टी र उम्मेदवारले खर्च व्यहोर्नुनपर्ने बताउदै उनले जनतासंग घुमलिएको रिक्सा चालक पनि चुनाव लड्ने हैसियत बनाउन सक्ने बताएका थिए । यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा जोड दिए । संघीयता एकाधात्मक प्रणली भएको उनको भनाई छ । उनले न्याय प्रणली पनि एकाध रहेको बताएका थिए । संघीयतामा पनि सवै शक्ति केन्द्रीकृत भएको बताउदै संघमा सानो संख्यामा मन्त्रालय राखेर कृषि, खेलकुद, पर्यटन जस्ता मन्त्रालय प्रदेशलाई नै दिनुपर्ने बताए ।
युवालाई श्रमबजारमा निर्यात गरेर मुलुक नबन्ने उनको धारण थियो । ७० लाख युवायुवती विदेशिएको बताउदै उनले मुलुकमा केटाकेटी र बृद्धबृद्धा मात्र रहेकाले मुलुकको विकास हुन नसकेको जनाए । नेपाल जस्तो विकासोन्मुख देशलाई समृद्ध बनाउने युवाको महत्वपूर्ण भुमिका हुने बताउदै उनले थपे, ‘अव अग्रजलाई सम्मान गर्ने हो । त्यागी नेता भन्दै सधै एउटैलाई अवसर दिएर मुलुक बन्दैन ।’ मुलुकमा आर्थिक विकास गर्दै समृद्धितर्फ लागी गरिबी, बेरोजगारीका समस्या हल गर्ने, शिक्षा, स्वास्थ्यमा मौलिक अधिकार स्थापित गर्ने, यसको सवै दायीत्व सरकारले नै नलिदासम्म लोकतन्त्र बलियो नहुने उनको भनाई छ ।
