स्याङ्जाको आँधिखोला गाउँपालिका-५ बरकाे वाेटस्थित विहिबार साँझ ट्याक्टरकाे ठक्करबाट पैदलयात्रीकाे मृत्युु भएकाे छ । भित्री सडक खण्डबाट अाेराेलाे झर्दै गरेकाे ग १ त ३१७८ नम्बरकाे ट्याक्टरले विपरीत दिशाबाट अाउदै गरेकी साेही ठाउँकी ४५ बर्षिय माया विकलाई ठक्कर दिएकाे थियाे ।
ट्याक्टरकाे चक्काले शरीरकाे पुरै भाग किच्दा घाईते विककाे उपचारकाे क्रममा गण्डकी अस्पताल पाेखरामा चिकित्सकले राती मृत्त घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्याक्टर चालक अाेखलढुंगाकाे मानेभन्ज्याङ् गाउँपालिका-४ घर भई अाँधीखाेला-५ बस्दै अाएका २७ बर्षिय अनिल राई रहेका छन् । चालक र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
Post Views: 20