जग्गा पास गरिदिन्छु भनी २५ हजार ठगेका बस्ताकोटी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जग्गा पास गरिदिन्छु भन्दै ठगीको व्यापार गर्दै आएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२३ चापाकोट घर भई हाल वाड नम्बर ५ पस्र्याङ बस्ने ५६ बर्षिय मातृका बस्ताकोटी रहेका हुन् ।ख
पोखरा महानगरपालिका–१५ टुटुङ्गास्थित सन्तु ढकाल पौडेलको नाममा रहेको जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा लेखन्दास बस्ताकोटीले छिटो र सुलभ तरिकाले जग्गा पास गर लालपुर्जा दिने आश्वासन दिलाएर तिमिल्सनाबाट शुक्रबार २५ हजार रुपैयाँ लिएका थिए ।
तिमिल्सनालाई जग्गा पास नगराएपछि प्रहरीले २५ हजार नगदसहित आइतबार बस्ताकोटीलाई आइतबार पक्राउ गरेको जनाएको छ । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्रिएको हो । बस्ताकोटीलाई आइतबार ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *