नेकपा एमालेले थप १२ सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने ११ सांसदलाई पार्टी सदस्यबाट निष्कासन गर्दै बाँकी १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण मागिनेमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दिपक प्रकाश भट्ट र नारायण खतिवडा छन् ।
स्रोतका अनुसार उनीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन समय दिइएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्नेमध्ये एमालेका २३ सांसद छन् ।
Post Views: 22