गण्डकी प्रदेशलाई आज आइतबार साक्षर प्रदेश घोषणा गरिंदैछ । प्रदेशका ८५ पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी प्रदेश सरकारको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षरता स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । त्यसपछि ११ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेश साक्षर घोषणा मूल समारोहमा सरिक हुने कार्यक्रम तय भएको छ ।
सो कार्यक्रमपछि राष्ट्र बैंक गेस्ट हाउसमा खानापछि दिउँसो ३ बजे पोखरा १७, ग्यालेक्सी बैंक्युटमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भइ साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासंग भेटघाट हुने र भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने कार्यक्रम रहेको छ ।