सर्वोच्चमा नागरिकता अध्यादेशविरुद्ध रिट

Share this post :

Facebook
Twitter
WhatsApp

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् । अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्च अदालतमा तीन रिट पेस भएको र दर्ताको क्रममा रहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशी लगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस भएका हुन् । मंगलबार ती रिट दर्ता प्रक्रियामा जाने बताइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो समर्थनमा पार्नका लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *